काठमाडौं,१८ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालविरुद्द त्रिवि शिक्षण अस्पतालमा नारावाजी भएको छ । बिरामी भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका नेता नेपालले त्यहाँ केही दिनदेखि स्वास्थ्य क्षेत्रका विविध समस्या उठाएर अनसनरत गोविन्द केसीको माग विरुद्द अभिव्यक्ति दिएपछि नेपाल विरुद्द आन्दोलनकारीले नारावाजी गरेका हुन् ।
बिरामी भेट्न बुधबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा नेता नेपाल पुगेको थाहा पाउनेवित्तिकै आन्दोलनकारीको घेराउमा परेका उनलाई सुरुमै आन्दोलनकारीले डा केसीको आन्दोलनबारे धारणा माग गरेका थिए । नेता नेपालले जवाफमा क्यालिटी मेन्टेन गरेकालाई दिनुपर्ने र मेन्टेन नगरेकालाई दिन नहुने भन्दै मनमोहन अधिकारीको नाम जोडेर एमालेको बदनाम गर्न नहुने बताएका थिए । केसीका समर्थकहरुले नेपालसँग एकपछि अर्को प्रश्न गर्दै उनका माग पढ्न सुझाव दिएका थिए । भीडबाट नेपाललाई सुरक्षाकर्मीले बाहिर निकालेपछि केसी समर्थकले एमाले, माधव नेपाल र राजेन्द्र पाण्डे विरुद्ध नाराबाजी गरेका थिए ।
प्रतिक्रिया