म्याग्दी, १८ चैत । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सडकको रोदन संविधानसभाले नसुन्ने बताउनुभएको छ । नेपाली कांग्रेसको म्याग्दीमा शुरु भएको समावेशी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले विपक्षी दलहरुले वार्ता र सहमतिलाई छाडेर सडकमा गएर गल्ति गरेको बताउनुभयो ।
नेपाली कांग्रेस संविधान निर्माणको सुरुङभित्र पसिसकेको बताउँदै पौडेलले संविधान लेखी सकेरमात्र त्यो सुरुङबाट फिर्ता हुने बताए । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चालाई लक्षित गर्दै पौडेलले भन्नुभयो, ‘हामी सुरुङबाट नयाँ संविधान ल्याएर फर्किन्छौं, तपाई सडकबाट के लिएर फर्किनुहुन्छ ?’ पौडेलले विपक्षी मोर्चा सहमतिमा नआएपछिमात्र बहुमतको आड लिन खोजेको र अबको केहि दिनमा पनि निर्णय नसके बहुमतले निर्णय गर्ने बताउनुभयो ।
प्रतिक्रिया