ब्रतबन्धको भोज खाँदा ३० जना विरामी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७१, मंगलवार १४:२२

महोत्तरी, १७ चैत । महोत्तरीको बर्दिबासमा ब्रतबन्धको भोज खाँदा ३० जना भन्दा धेरै विरामी परेका छन् । बर्दिबास नगरपालिका १ का अच्युतम पोखरेलको घरमा सोमबार ब्रतबन्धको भोज खाएका स्थानीयबासिन्दा विरामी परेका हुन् । अच्युतम् र विमला पोखरेलले सोमबार आफ्ना छोराको ब्रतबन्धमा छिमेकीहरुलाई निमन्त्रणा गरेर भोज खुवाउनु भएको थियो । भोजमा सहभागीहरुले सेल, खीर, तरकारी, अचारलगायतका खानेकुरा खाएका थिए ।

voj_vaterभोज खाएकाहरु सोमबार बेलुकीदेखि नै विरामी पर्न थालेका हुन् । विरामीहरुको बर्दिबासमा रहेको जनसेवा, पारिजात र शुभ स्वस्तिक अस्पतालमा उपचार भैरहेको छ । धेरैले भोज खाएका कारण विरामीको संख्या वढ्न सक्ने आशंका गरिएको छ । विरामीहरुमा झाडापखाला हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरिक्षक रमेश पण्डितले जानकारी दिनुभयो । फुड प्वाइजनको कारण भोज खानेहरु विरामी भएको हुन सक्ने पण्डितको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१