डा.केसीका मागहरु पुरा गर्न सरकार तयार,स्रोत भन्छ-‘केसीका मागहरु सहि छन्’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७१, मंगलवार १३:३५

काठमाडौं,१७ चैत । १० दिनदेखि आमरण अनसनरत प्रा.डा.गोविन्द केसीको सातबटा माग पुरा गर्न सरकार तयार भएको छ । सोमबार राति अबेरसम्म भएको वार्ता सकारात्मक भएको हुनाले डा. केसीको माग तत्काल पुरा हुने नेपाल मेडिकल एसोसिएसनका सदस्य विश्वराज दवाडीले बताए । ‘अधिकांश मागमा उहाँहरु सकारात्मक हुनुहुन्छ तर, कुनै पनि सहमति भइसकेको छैन’ दवाडीले भने-हामी अहिले पनि वार्तामा छौं ।’ वार्ता टोलीबीच भएको छलफल र समझदारीबारे दुवै पक्षबाट प्रधानमन्त्री र डा. केसीलाई ब्रिफ गरेपछि थप छलफल गरेर सहमति हुने उनले बताए। मंगलबार बिहान भएको वार्तामा सरकारको तर्फबाट मुख्यसचिव लिलामणी पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललगायतका अधिकारी सहभागी थिए भने चिकित्सक पक्षबाट चिकित्सक संघको महासचिव मुक्तिराम श्रेष्ठ,डा.वाइपी सिंहलगायत थिए। govinda-kcस्रोतका अनुसार केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन नदिउन्जेलसम्म मेडिकल कलेजलाई दिने भनिएको सम्बन्धन स्थगित गर्ने सर्तमा सहमति हुन लागेको हो । केसी अनशन बसेको आज दसौं दिन हो।राजनीतिक आडमा चिकित्सा शिक्षामा मौलाउँदै गएको माफियातन्त्र अन्त्य र सर्वसुलभ स्तरीय स्वास्थ्य सेवाका लागि जनताको साथ खोज्‍दै केसी अनशनमा बसेका हुन्। बालुवाटार स्रोतका अनुसार डा। केसीसँग सहमति भए आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर माग सम्बोधन गर्ने र केसीको अनसन तोडाउने सरकारको तयारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१