बरिष्ठ उपाध्यक्ष पदका लागी विश्व शाहको उम्मेद्वारी घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७१, मंगलवार १३:२६

न्यूयोर्क,१७ चैत । आसन्न एन.आर.एन अमेरिकाको निर्वाचनको लागी बरिष्ठ उपाध्यक्ष पदको निम्ती न्यूयोर्क निबासि विश्व शाहले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । न्यूयोर्कमा रहेको चौतारी रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा बुदिजिबि, समाजसेबि, ब्यबसायि, पत्रकार, कलाकार साथै अमेरिकाको बिभिन्न राज्यहरुबाट धेरै नेपालीहरुको उपस्थिती थियो । केहि उम्मेद्वारहरुले समेत आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । अमेरिकि बासी नेपालीहरुको बाक्लो समर्थनले आफ्नो मनोबल उच्च भएको उक्त कार्यक्रम मा बरिष्ठ उपाध्यक्ष का उम्मेद्वार शाहले बताउनु भयो ।
बिश्व साह नै किन त भन्दा उनि भन्छन् मेरो कुनै घोषणा पत्र छैनन । म बिशुध सामाजिक कार्य गर्न आएको मान्छे हु । लामो समय देखी अमेरिकामा रहकोले गर्दा यहाँको समस्याहरुलाई नजिक बाट बुझेको छु । त्यो बुझाइलाई एक समाधानको बाटो तर्फ लिएर जान चाहन्छु । हरेक प्रबासी नेपालीहरुले सुख शान्ति उन्नती प्रगती गरेको हेर्न चाहन्छु हो त्यसैको लागी म एक माहोल बनाउन चाहन्छु । त्यही एक उज्ज्यालो एक आशा र उमाङ्गको बाताबरण निर्माण गर्न चाहन्छु । म कुनै पाटी मा छैन, मेरो कुनै सँगठन छैन । म एक स्वतन्त्र उमेद्वार हु, तपाईंको समस्याको समाधान गर्ने एक सारथि बन्न चाहन्छु । उनले भने । म तपाइको भाइ हो, तपाइ कै दाइ हो, तपाइ कै साथी हो, हजुरहरु लाई एक सामजिक कार्य द्वारा केहि गर्न सक्छु कि, मेरो सानो प्रायस ले हजुर हरु लगायत हामी सबै को केहि राम्रो हुन्छ कि, कसै लाई सार्हो, गार्ह्रो पर्दा तपाईं को असल मित्र को भूमिका खेल्न सक्छु कि ? तपाईंलाई पोल्दा मलाई पनि दुख्छ । मलाई दुख पर्दा तपाईंको मन पनि रुन्छ । हामी नेपाली दाजु भाइ दिदी बहिनी हरु जहाँ रहे पनि हामी नेपाली एकले अर्कोलाई सहयोग गरौ । म त्यही बाताबरण निर्माण गर्न चाहन्छु । एन.आर.एन अमेरिकाको चुनाबी माहोल निकै ताती रहेको अवस्थामा बरिष्ठ उपाध्यक्ष पदमा बिश्व शाहको लोकप्रियता दिन दुइ गुना रात चौगुना भइ रहेको छ ।
aa1शाहले आफु सग कुनै लामा – लामा घोषणा पत्र हरु छैनन्, म बिसुद्ध सामजिक कार्य गर्न चाहन्छु त्यसको लागी हामी सबै मिलेर माहोल बढाउदै अघी बढ्नु पर्ने बताउनु हुन्छ । अबको एन.आर.एनमा युबाहरुको ब्यापक सहभागिता हुनु पर्छ भन्ने मन्यता राख्ने शाहले युबाहरु को लागि हरेक समुदायमा राम्रा छबी भएका युबाहरुलाई समाजमा अगाडी ल्याउनु पर्ने बताउनु हुन्छ । लामो समय देखी अमेरिकामा रहदै आएका शाहले अमेरिकामा रहेका धेरै बर्श देखी यहाँ रहेक र नयाँ आएकाहरु बिच रहेको दुरी आफुले मेट्नको लागि कम गर्ने शाह बताउनु हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१