नेपालले प्यालेष्टाइनको सामना गर्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७१, मंगलवार १२:३०

afcइरानको तेहरानमा जारी एएफसी अण्डर २३ फुटवल छनोट च्याम्पियनसिपबाट बाहिरिइसकेको नेपालले समूहको अन्तिम खेलमा आज प्यालेष्टाइनको सामना गर्दैछ । यसअघिका लगातार ३ खेलमा पराजित भएर छनोट खेलबाट बाहिरिएको नेपालले समूह सी बाटै बाहिरिएको अर्को टोली प्यालेष्टाइनसंग आज खेल्न लागेको हो । नेपालले छनोट खेलमा इरान, अफगानिस्तान र साउदी अरेवियासंग हार ब्यहोरेको थियो । प्यालेष्टाइनले भने अफगानिस्तानलाई हराएको थियो । तुलनात्मक बलियो मानिने प्यालेष्टाइनसंगको आजको खेल नेपालका लागि प्रतिष्ठाको भिडन्त हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१