यो वर्ष समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नेछ : जनक शिक्षा सामग्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७१, मंगलवार १२:२७

काठमाडौं,१७ चैत । यसअघिका वर्षमा विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुर्‍याउन नसकेको आलोचना खेप्दै आएको जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष भने त्यस्तो स्थिति नआउने दावी गरेको छ । केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले आगामी शैक्षिक सत्रका लागि आवश्यक २० लाख पाठ्यपुस्तकमात्र छाप्न बाँकी रहेको भन्दै समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने बताउनुभयो । बाँकी पाठ्यपुस्तक छपाई यसै महिनाको अन्त्यसम्ममा सकिने महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

booksकर्णाली अञ्चलका ६ वटा जिल्लामा फागुनको पहिलो हप्ता शैक्षिक सत्र सुरु भएकोमा पाठ्यपुस्तक पुर्‍याइसकेको केन्द्रले जनाएको छ । बाँकी जिल्लामा आगामी वैशाखको पहिलो साताबाट शैक्षिक सत्र शुरु हुदैछ । पाठ्यपुस्तक विक्रिवितरणका लागि सवै जिल्लामा अस्थायी डिपो खुला गरिसकेको र पाठ्यपुस्तक ढुवानी समेत सुरु गरिएको महाप्रबन्धक झाले बताउनुभयो । विद्यालयस्तरको कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि आवश्यक १ करोड ४५ लाख पाठ्यपुस्तक छपाईको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१