बागलुङ,१७ चैत । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला पार्ने हरिबहादुर माझीले एक लाखको पुरस्कार पाएका छन् । गत फागुन १० गते नदीले बगाएर बेपत्ता भएका बेइजिङका २७ वर्षीय क्यू याङको शव जिल्लाको नारायणस्थान–९ नाउबगरका माझीले फागुन २७ गते माछा मार्न जाँदा नदीमा फेला पारेका थिए।
मृतकका आफन्त र बेइजिङ समुदायका तर्फबाट ली हउले उक्त पुरस्कार सोमबार जिल्ला प्रहरी कार्यालयमा माझीलाई हस्तान्तरण गरे। कालीगण्डकी नदीको सहस्रधारा क्षेत्रमा र्याफ्टिङ सकेपछि पौडी खेल्ने क्रममा याङलाई नदीले बगाएको थियो । याङसँगै पौडी खेल्नेक्रममा अर्का पर्यटक याङ जो यूलाई बगिरहेको अवस्थामा तत्काल उद्धार गरिएको थियो । रासस
प्रतिक्रिया