सिन्धुली,१७ चैत । सिन्धुलीमा यस बर्ष जुनार बिक्रीबाट सात करोड आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रतनचुरा, बासेश्वर, तीनकन्या, जलकन्या, मधुवालगायतका गाविसबाट सात करोड बराबरको जुनार बिक्री भएको बाली संरक्षण अधिकृत देवराज अधिकारीले जानकारी दिए । ।
जुनार उत्पादन गर्ने यी क्षेत्रमा यातायात सुविधासमेत भएकाले रासायनिक मल, किटनाशक औषधी ढुवानी गर्न तथा उत्पादन भएका जुनारलाई बजारसम्म पु¥याएर बिक्री गर्न सहज हुँदा आम्दानी बढेको कृषि बिकास कार्यालयले जनाएको छ । सिन्धुलीको प्रमुख नगदे बाली मानिने जुनार ८ सयदेखि १ हजार ४ सय मिटरको उचाई भएका क्षेत्रमा फल्ने गर्दछ ।
प्रतिक्रिया