नेजाले एनआरएन अमेरिकाको चुनावी अन्तरक्रिया गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७१, मंगलवार ११:४९

अमेरिका,१७ चैत । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले आसन्न एनआरएन अमेरिकाको निर्वाचनका अध्यक्ष र अन्य पदका प्रत्यासीहरुसंग क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा चुनावी बहस र सामुदायिक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ | यो कार्यक्रम यही अप्रिल ९ तारिख बिहीबार साँझ पाँच बजे हुनेछ | यसका लागि नेजाले सोही क्षेत्रका क्षेत्रीय संयोजक जाङ्बु शेर्पालाई स्थानीय व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ |

neejaनेजाले क्षेत्रीयस्तरमा हुन लागेको यो चुनावी बहस कार्यक्रममा सहभागी भै समुदायका सदस्यहरुका माझ आफ्ना एजेण्डा राखिदिनु हुन एनआरएन अमेरिकाका अध्यक्षका सबै प्रत्यासी र अन्य पदका उम्मेदवारहरुलाई आग्रह गरेको छ | नेजाको यो अन्तरसम्वाद कार्यक्रमको अमेरिकाका विभिन्न सहरबाट सञ्चालित नेपाली अनलाइन मिडियामार्फत प्रत्यक्ष प्रसारण समेत गरिनेछ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१