काठमाडौं१७ चैत । अर्थमन्त्री डा.रामशरण महतले नेपाल दक्षिण एसियाको पर्यटकीय राजधानी भएको दावी गरेका छन् । नेपाल आउने पर्यटकका लागि दक्षिण एसियामा नै नेपाल आकर्षक र सस्तो गन्तव्य रहेको समेत मन्त्री महतले बताए । नेपालमा पर्वतीय, सांस्कृतिक, कृषि, धार्मिक लगायत पर्यटकका लागि आकर्षक गन्तव्य रहेको उनको भनाइ थियो । राजधानीमा नेपाल पर्यटक पत्रकार मञ्च (टिजेएफ) नेपालको प्रथम वार्षिक साधारण सभाको उद्घाटन गर्र्दै मन्त्री डा.महतले नेपालमा पर्यटक प्रवद्र्वन गर्न सरकारले भौतिक पूर्वाधार तयार गर्ने आश्वासन दिएका छन् । पर्यटक प्रवद्र्वन गर्न सरकारले आवश्यक पूर्वाधार तयार गर्ने र आवश्यक मात्रामा बजेट विनीयोजन गर्ने आश्वासन समेत दिए । देशमा भएका राष्ट्रिय सम्पदाको विकास गर्न सकेमा त्यसबाट पनि पर्यटक प्रवद्र्वन गर्न सकिन्छ,मन्त्री महतले भने,‘पर्यटक प्रवर्दन गर्न सरकार तयार छ । नीजि क्षेत्रले सोहि अनुसारको कार्यक्रम अगाडी ल्याउनु प¥यो ।’ नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने आधार पर्यटन, जलस्रोत र कृषि रहेको भन्दै यसको उपयोग गर्न सके स्वदेशमा रोजगारी सृजना हुने र पर्यटन प्रवद्र्वन गर्न सजिलो हुने मन्त्री महतको धारणा छ । नेपालको हावापानीमा रमाउन विभिन्न देशका पर्यटक आउन चाहन्छन, मन्त्री महतले भने,‘त्यसका लागि नेपालमा राम्रो वाताबरण छैन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल राम्रो छैन् ।’ देशमा रहेको द्वन्द लगाएका कारण पर्यटनक लाई धेरै समय नेपालमा राख्न सकिएन । यस्ता समस्या समाधान गर्न मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको पनि उनले बताए । कार्यक्रममा व्यवसायीहरुले सवारी साधान आयातमा लाग्दै आएको दुई सय ४० प्रतिशत राजश्व घटाउन आग्रह गरेको प्रति लक्षित गर्दै भने,‘सवारी साधानमा लाग्दै आएको कर घटाएर मात्र पर्यटकको आगमन बढदैन्, यसका लागि पुर्वाधार निर्माण गर्नु पर्छ । त्यसका लागि सरकार सहयोग गर्न तयार ।’
उनले थपे, यसका लागि व्यवसायीहरुले प्रभावकारी कार्यक्रम अगाडी ल्याउनु प¥यो । सरकारले पर्यटन प्रवद्र्वनमा प्रभावकारी सहयोग गर्न नसकेको स्विकार्दै नीजि क्षेत्रले गरेको काममा सहयोग गर्ने बताए । कार्यक्रममा टे«किङ एजेन्सीज एसोशिएसन अफ नेपाल‘टान’का अध्यक्ष रमेश धमलाले पर्यटन व्यवसायीहरुले खरिद गर्ने सवारी साधानमा लाग्दै आएको दुई सय ४० प्रतिशत कर घटाउन आग्रह गरे । सोहि कार्यक्रममा धमलाले पर्यटक बसपार्क नहुदाँ व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल समाधान गर्न सरकालाई आग्रह गरे ।
देशको अर्थतन्त्रमा पर्यटन व्यवसायीले गरेको योगदान र विश्वमा पर्यटक मार्फत नै परिचीत गराउने व्यवसायीलाई सरकारले बेवास्ता गरेको उनको आरोप छ । विगत लामो समय देखि व्यवसायीहरुले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक जग्गा माग गर्दा सरकारले बेवास्ता गरेका कारण व्यवसायी र पर्यटकले समस्या झेल्नु परेको दावी गरे । ‘देशको अर्थतन्त्रलाई सुदृढ गर्ने आधार पर्यटन, कृषि र जलविद्युत हो’ उनले भने,‘सरकारले कृषि क्षेत्रलाई ६ प्रतिशत व्याजमा ऋण दिन्छ, पर्यटन व्यवसायीलाई चार प्रतिशतमा व्याज दिनु प¥यो । बैंकको चर्को व्याजका कारण व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्ने सक्ने अवस्था भएन् ।’ कार्यक्रममा मञ्चले पर्यटकसँग सरोकार राख्ने विभिन्न निकायका व्यक्तिहरुलाइ सम्मान गरेको छ । साथै पर्यटन पत्रकार समाजका अध्यक्ष हरीराज जोशिलाई नगद २० हजार एक सय १० रुपैयाँ सहित सम्मान गरेको छ । यस्तै कार्यक्रममा काठमाडौं सडक डिभिजन प्रमुख कर्ण बहादुर रानाभाट, टानका महासचिव सागर पाण्डे, माउन्टेन डिलाईट टे«क्सका सञ्चालक राम सापकोटा‘कमल’ लगाएतका व्यक्तिलाई सम्मान गरेको छ । साथै कार्यक्रममा टानका पुर्व अध्यक्ष दिपक महतलाइ मञ्चको नेपालको मानार्थ सदस्य प्रदान गरेको छ । मञ्चको प्रथम वार्षिक साधारण सभाले शिव अधिकारीको अध्यक्षतामा १५ जनाको कार्यसमिति चयन गरेको छ ।
प्रतिक्रिया