भाजपा बन्यो संसारकै सबैभन्दा ठूलो पार्टी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७१, मंगलवार ११:००

नयाँदिल्ली,१७ चैत । भारतीय जनता पार्टी विश्वकै सबैभन्दा धेरै सदस्य भएको राजनीतिक दल बन्न सफल भएको छ। भारतको सत्तारुढ यो पार्टी आठ करोड ८० लाख सदस्यका साथ संसारकै सबैभन्दा ठूलो राजनीतिक पार्टी बन्न सफल भएको हो । यसभन्दा अघि आठ करोड ६० लाख सदस्यका साथ चीनको कम्युनिस्ट पार्टी संसारको सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा रहेको थियो । भाजपाले आइतबार आठ करोड ८० लाख सदस्य पुगेको जानकारी दिएको छ । भाजपाका अध्यक्ष अमित शाहले यो तथ्यांकलार्इ औ आगामी अप्रिल ३ र ४ तारिखमा बैंगलोरमा हुने राष्ट्रिय कार्यकारिणीको बैठकमा औपचारिकरुपमा घोषणा गर्ने भएका छन् ।

BJP Leader Narendra Modi Campaigns In Gujaratबीजेपीलार्इ संसारको सबैभन्दा ठूलो राजनीतिक दल बनाउनुमा पार्टी अध्यक्ष अमित शाहको योजना रहेको बताइएको छ । यससँगै बिजेपीमा तीब्र गतिमा सदस्य बढ्नुको अर्को कारण प्रधानमन्त्री नरेनद्र मोदीको लोकप्रियता र मिस्ड कलबाट सदस्य बनाउने आइडियाको महत्वपूर्ण भूमिका रहेको छ । बिजेपीले बैंगलोरमा अप्रिलमा हुने राष्ट्रिय कार्यकारिणीको बैठकसम्ममा आफ्नो सदस्य संख्या १० करोड पुर्याउने लक्ष्य लिएको छ । अमित शाह अध्यक्ष भएपछि उनैले बिजेपीलार्इ विश्वकै धेरै सदस्य भएको पार्टी बनाउने अभियान थालेका थिए । सोही क्रममा मिस्डकलबाट सदस्यता दिलाउने व्यवस्था ल्याएपछि सदस्यस संख्या तीब्र गतिमा बढेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१