पोखरा, १६ चैत्र । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले ‘३० दलीय मोर्चाले लाठी र मुढा प्रदर्शन गर्दैमा गन्तब्यमा पुग्नबाट रोक्न नसक्ने’ बताएका छन् । पोखरामा नेपाल प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले ‘आन्दोलनको नाममा संविधानसभा छाडेर सडकमा जानु मोर्चाको ऐतिहासिक भूल’ भएको बताए । कुनै पार्टी वा व्यक्तिलाई केन्द्रमा राखेर संविधान ल्याउन नसकिने भन्दै सिटौलाले देश र जनतालाई केन्द्रमा राखेर मात्रै संविधान बनाइने पनि बताए ।
प्रतिक्रिया