अर्घाखाँची,१६ चैत । अर्घाखाँचीको सन्धिखर्कदेखि भारतको नँया दिल्लीसम्म सिधा बस सेबा सुरु भएको छ । यात्रुहरुको सुबिधालाई मध्यनजर गरी सुपा देउराली ट्राभल एण्ड टुर्स प्राली दिल्ली र पश्चिम नेपाल बस व्यवसायी समितिको सम्झौता गरेर सब सेवा सुरु गरेका हुन् ।
अब सन्धिखर्कबाट सोमबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन बस सेवा सञ्चालन हुने पश्चिम नेपाल बस व्यवसायी समिति अर्घाखाँचीका शाखा प्रमुख कमल भट्टराईले जानकारी दिनुभयो । सन्धिखर्कबाट दिल्लीसम्म १८ घण्टामा पुगिने र भाडा प्रति व्यक्ति २१ सय रुपैयाँ तोकिएको सुपा देउराली ट्राभल एण्ड टुर्स प्राली दिल्लीका अध्यक्ष हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । बस सेवाको सोमबार एक कार्यक्रम गरी सुरुवात गरिएको हो । अब दिल्लीबाट अर्घाखाँची र अर्घाखाँचीबाट दिल्ली जनाका लागि सजिलो हुने भएको छ ।
प्रतिक्रिया