रणवीरको प्रेममा दीपिका पादुकोण चुर्लुम्म

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७१, मंगलवार १६:५०

बलिउड सुन्दरी दीपिका पादुकोण अहिले अभिनेता रणवीर सिंहको प्रेममा चुर्लुम्म डुबेकी छिन्। उनले कहिल्यै यो सम्बन्धको बारेमा खुलेर केहि नबोले पनि भारतीय संचार माध्यममा दीपिका रणवीरको चर्चा भइरहेको छ। उनीहरु प्राय हरेक ठाउँमा सँगै देखिनुले पनि दुइको प्रेम सम्बन्धको चर्चा बढेको हो। केहि दिनदेखि दीपिका लव लेखिएको सुनको पेन्डेन्टमा देखिएकी छिन्। हर समय उनको गलामा झुन्डिरहने पेन्डेन्ट रणवीरले उपहार दिएको बताइएको छ।

यसबारे दीपिकाले केहि भनेकी छैनन्। हर समय उनको गलामा देखिने पेन्डेन्टबाट उनी कसैसँग गहिरो प्रेममा परेको कुरा अड्कल काट्न गाह्रो हुँदैन। रणवीरले नै पेन्डेन्ट दिएको भए उनी दीपिकाको धेरै नजिक भएको पनि सजिलै बुझ्न सकिन्छ। दीपिका रणवीरको प्रेम सम्बन्ध ‘गोलियोँ की रासलीला-रामलीला’ को सेटबाट सुरु भएको हो।get_imgget_img

यसअघि रणवीर कपूरसँगको प्रेमसम्बन्धमा रहँदा पनि दीपिकाले आफ्नो गर्दन पछाडी आरके अक्षरको टाटू बनाएकी थिइन्। यति धेरै कष्ट सहेर पनि दीपिका र रणवीर कपूरको सम्बन्ध टुट्यो। उनको जीवनमा फेरि रणवीर सिंहको नाम जोडिन पुगेको छ। दीपिकाले मुख नखोलेपनि रणवीर सिंहले भने धेरै पटक घुमाउरो पारामा आफ्नो मुटु दीपिकाकै लागि धड्किने बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१