कङ्गारुको चौथो शाखा चावहिलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार १३:४२

काठमाडौं,१६ चैत । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको कङ्गारु एजुकेशन फाउण्डेशनले आफ्नो चौथो शाखा काठमाडौको चावहिलमा शुरु गर्ने भएको छ । काठमाण्डुको उत्तर पूर्वि क्षेत्रका विद्यार्थीलाई सेवा दिने उद्धेश्यले उक्त शाखा खोल्ने निर्णय गरेको फाउण्डेशनले जनाएको छ । अव त्यस भेगका विद्यार्थीलाई पुतली सडक सम्म धाउनु नपर्ने भएको छ ।

kangaroo-edukhabarनयाँ शाखामा सय भन्दा धेरै विद्यार्थीलाई आवश्यक परामर्श संगै, अँग्रजी भाषा कक्षा र परीक्षा तयारी गर्न आवश्यक पूर्वाधार ब्यवस्था गरिएको म्यानेजिङ् डाईरेक्टर महेशबाबु तिमिल्सिनाले बताए । आप्रवासनसंग सम्बन्धित अन्य जानकारी चाहनेहरुलाई समेत सेवा दिने गरी शाखा शुरु गर्न लागेको उनले बताए । फाउण्डेशनले अष्ट्रेलिया, न्युजिल्याण्ड, स्विजरल्याण्ड, आयरल्याण्ड जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको छ । यसका अलावा क्यानडाले भर्खरै शुरु गरेको एक्सप्रेस ईण्ट्रि कार्यक्रममा जान चाहनेलाई पनि सेवा दिने फाउण्डेशनले जनाएको छ । सन् २००७ मा शुरु भएको फाउण्डेशनले यस अघि सन् २००९ मा पोखरामा र गत बर्ष मात्रै झापाको विर्तामोड र चितवनको भरतपुरमा शाखा खोलेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१