साइबर क्राइमका घटना दोब्बर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार १२:०२

पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने आपराधिक घटना बढ्न थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल मार्फत डर, त्रास र धम्की दिएको भन्दै उजुरी पर्ने क्रम बढेको छ । यस्ता उजुरी अघिल्लो वर्षभन्दा दोब्बरले बढेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार इमेल, वेब एसएमएस, कप्युटर ह्याक गरेर गैरकानुनी काम गर्नेहरु बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज र अश्लिल शब्द प्रयोग गर्ने गर्नेको संख्या धेरै देखिएको छ ।

crime crimeयसवर्ष फेसबुकसंग सम्बन्धित ३२ वटा उजुरी परेको प्रहरीले जनाएको छ । यस्तै इमेल मार्फत ५ तथा कम्प्यूटर ह्याक, वेब एसएमएस मार्फत धम्की दिएकोबारे २ वटा उजुरी परेका छन् । यस्ता प्रविधि मार्फत आपराधिक क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने व्यवस्था छ । फेसबुकमा गाली गलौज तथा अश्लिल शब्द प्रयोग गर्नेलाई २ देखि ४ वर्ष सम्मको जेल सजायँ हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१