फेसबुकको नक्कली अकाउन्ट पत्ता लगाउन ‘फेकअफ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७१, मंगलवार १६:४४

(एजेन्सी) सोसल नेटवर्किङ वेभसाइट फेसबुकले १० करोडभन्दा बढी नक्कली अकाउन्ट रहेको बताएको छ । कम्पनीको अनुमानको अनुसार, संसारभर उसको पोर्टलमा ५० लाखदेखि १.५ करोड अनावश्यक अकाउन्ट बनेको छ । फेसबुकले नियामक एसइसीलाई यो सूचना दिएको हो । यसको अनुसार, ‘यहाँ यस्ता व्यक्ति हुनसक्छन् जसले हाम्रो सेवा र शर्तहरुको उल्लंघन गरि फेसबुकमा धेरै अकाउन्ट बनाएर राखेका हुन्छन् ।’ यस्ता नक्कली अकाउन्टका कारण कम्पनीले निकै तनाव झेल्नुपरेको छ । यसलाई थाहा पाउनका लागि कम्पनीले भरपूर प्रयास गरिरहेको छ ।

home-logo

एक नयाँ मासिक रिपोर्टका अनुसार, यस्तो नक्कली अकाउन्टको संख्या भारत र तुर्कीमा अत्यधिक भएको बताइएको छ । यसका अनुसार ३१ मार्च २०१४ सम्म फेसबुकको १.२८ अर्ब एमएयु थियो जुन पछिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढि हो । पहिलो त्रैमासिकमा यसको वृद्धिमा भारत र ब्राजिलको उपभोक्ताहरुको महत्वपूर्ण योगदान रहेको थियो । फेसबुकमा नक्कली अकाउन्टलाई थाहा पाउन त्यति सजिलो छैन तर इजराइलस्थित एक कम्पनीले यस्तो मोबाइल एप बनाएको छ जसले फेसबुकमा नक्कली अकाउन्ट पत्ता लगाउनका लागि मद्दत गर्दछ । दुनियाँको सबैभन्दा ठूलो सोसल नेटवर्किङ वेभसाइटमा नक्कली अकाउन्ट पत्ता लगाउने दाबी गरेको यो एप ‘फेकअफ’ को नामले पेश गरिएको छ ।

 

यसले एक विशेष प्रकारको एल्गोरिदमको प्रयोग गरेर फेसबुक प्रोफाइललाई एकदेखि १० सम्मको नम्बर दिने गर्दछ । यो स्क्यानिंग अहिलेको समयदेखि पछिल्लो एक वर्ष (३६५दिन) सम्म चल्ने गर्दछ । एपले फेसबुक प्रोफाइलको कुनैपनि गतिविधिहरुलाई केलाउँछ र त्यसलाई नै आधार मानेर अकाउन्ट सक्कली हो कि नक्कली भन्ने पत्ता लगाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१