सेतो मच्छिन्द्रनाथको रथलाई सिमा परिक्रमा गराइँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार ११:५४

sf7df8f}+sf] 306f3/glhs}af6 ;]tf] dlR5Gb|gfysf] /y a;Gtk'/tkm{ nUb} :yfgLox?काठमाडौं,१६ चैत । सहकाल र करुणाका प्रतिक सेतो मच्छिन्द्रनाथको रथलाई सोमबार लगन चोकमा रहेको रुखमा परिक्रमा गराइँदैछ । आइतबार बेलुकी रथलाई हनुमानढोकाबाट तानेर लगन पु्याइएको हो । अहिले लगन चोकमा देवताको दर्शन, दीप प्रज्ज्वलन र स्त्रोत पाठका लागि भक्तजनको भिड लागेको छ । लगनमा रथ पुर्याइएपछि मच्छिन्द्रनाथकी आमाको मन्दिर र चौतारीलाई तीन फेर घुमाउनु पर्ने चलन छ । बेलुकी साढे चार बजे रथलाई लगनको मा सिमा भनिने रुखमा तीन फेर घुमाइने मच्छिन्द्रनाथ रथयात्रा समारोह समितिले जनाएको छ । मंगलबार यसवर्षको सेतो मच्छिन्द्रनाथको जात्रा सकिदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१