युरोकप फुटबल छनौट खेलमा जर्मनी, पोर्चुगल र स्कटल्याण्ड विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार ११:१५

अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबल छनौट अन्तर्गत गएराती भएका खेलहरुमा जर्मनी, पोर्चुगल र स्कटल्याण्ड विजयी भएका छन् । समूह डीको खेलमा विश्व विजेता जर्मनीले जर्जीयालाई २-० ले हरायो । यही समुहको अर्को खेलमा स्कटल्याण्डले जिब्रल्टरलाई ६–१ को भारी गोल अन्तरले पराजित गर्‍यो । Euro-Cupउता समुहको शिर्ष स्थानमा रहेको पोल्याण्डलाई भने आयरल्याण्डले १-१ गोलको बराबरीमा रोकेको छ । यसैगरी, समूह एफको खेलमा नर्दन आयरल्याण्डले फिन्डल्याण्डलाई २–१ ले पराजित गर्दा आइस्ल्याण्ड विरुद्ध रोमानियाले १–० को जित निकाल्यो । ग्रीस र हंगेरीले भने गोलरहित बराबरी खेले । समूह एफमा रोमानिया १३ अंकका साथ शीर्ष स्थानमा छ । यसैगरी, समूह आईको खेलमा अर्मेनिया विरुद्ध अल्बानियाले २–१ को नतिजा निकाल्दा पोर्चुगलले सर्बियालाई पनि २–१ गोलले नै पराजित ग¥यो । पोर्चुगल ९ अंकका साथ समूहको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१