विश्वका ६ शक्ति राष्ट्र अन्तिम वार्तामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार ११:११

इरानको विवादास्पद आणविक कार्यक्रमबारे सम्झौता गर्ने समयसीमा गुज्रिदै जाँदा विश्वका ६ शक्ति राष्ट्र अन्तिम वार्तामा जुटेका टन् । स्विट्जरल्याण्डको लासानामा जारी बहुराष्ट्रिय वार्तामा शक्ति राष्ट्र अमेरिका, रुस, चीन, बेलायत, जर्मनी र फ्रान्सका मध्यस्थकर्ताले ईरानलाई आणविक कार्यक्रमबारे सम्झौतामा पुग्न दबाब दिइरहेका छन् । मार्च अन्तिमसम्ममा आणविक सम्झौता नभए ईरानको आणविक कार्यक्रमलाई बैधानिक बाटोमा ल्याउने विकल्प समाप्त हुने तर्क विश्वका शक्ति राष्ट्रहरुले गरिरहँदा ईरानले पनि जारी वार्तालाई गम्भिरताका साथ लिएको बताएको छ ।

bartafinal2संयुक्त राष्ट्रसंघका ५ स्थायी सदस्य राष्ट्रसँगै जर्मनीले ईरानलाई आणविक सम्झौतामा ल्याउने कसरत गरिरहेका छन् । ईरानलाई आणविक हतियार बनाउनबाट रोक्न सम्झौता आवश्यक भएको उनीहरुको तर्क छ ।
उता ईजरायललगायत केही मुलुकले भने ईरानसँग हुने कुनैपनि आणविक सम्झौताको विरोध गर्दै आएका छन् । ईरानकै छिमेकी मुलुक साउदी अरबियाले समेत ईरानको परमाणु सम्झौताले अरब राष्ट्रहरुबीच क्षेत्रीय आणविक होडबाजी चल्ने जनाउँदै कुनैपनि सम्झौता गर्नुपूर्व गम्भीर ढंगले सोच्न अमेरिकालाई आग्रह गरिसकेको छ । तर अमेरिकी राष्ट्रपति बाराक ओबामालगायत विश्वका शक्ति राष्ट्र भने ईरानको परमाणु विवादलाई वार्ताबाटै समाधानमा लैजानुपर्ने अडानमा छन् । ईरानको परमाणु कार्यक्रमबारे अन्तिम सम्झौता गर्ने समय सीमा भोलि सकिंदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१