वाह्य पर्यटकहरुका लागि ठाकुरद्वारामा विभिन्न प्याकेज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार १०:४२

बर्दिया,१६ चैत । बर्दिया राष्ट्रिय निकुञ्जको गेटमा रहेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानद्वारा सञ्चालित युनाईटेड गाईड अफिसले नयाँ वर्ष ०७२ का अवसरमा पर्यटकिय क्षेत्र ठाकुरद्वारामा आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि विभिन्न प्याकेज दिने भएको छ । आन्तरिक पर्यापर्यटनको विकास गर्दै समुदायका युवाहरुलाई संरक्षणमा जागरुक बनाउन बाघसँग नयाँ वर्ष भन्ने नाराका साथ विभिन्न प्याकेज सहितको कार्यक्रम सार्वजनिक गरेको हो ।

hatti-poloयुवा लक्षित क्याम्प फायर, जीप ड्राईभ, टाईगर ट्रेक, र्‍याफ्टिङ्ग सहितको क्याम्पिङ्ग, हात्ती सफारीलगायतका कार्यक्रमहरु प्याकेजमा रहेको युवा परिचालन अभियानका संयोजक हेमन्त आचार्यले वताएका छन् । यसका साथै होमस्टे, थारु सँस्कृति र परिकार, र्दुलभ कृष्णसार लगायत बढैया ताल, नेपालकै लामो पक्कीपुल र कैलालीको घोडाघोडी ताल पनि अवलोकन गर्न पाईने उनले प्रष्ट्याए । प्याकेज वैसाख महिना भरी नै लागु हुने र अन्य समयमा ठाकुरद्वारामा आउँदा लाग्ने खर्चको ५० प्रतिशत खर्च मात्र भए पुग्ने आयोजकले जनाएको छ । लोपोन्मुख पाटेबाघको लागि बर्दियाको ठाकुरद्वारा प्रख्यात रहेको र यो महिनामा बाघको प्रजनन्काल भएकाले सजिलै बाघ देख्न सकिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१