डा.केसीलाई प्रचण्डको ऐक्यवद्धता,प्रधामन्त्रीलाई फोन गदैं भने -‘केसीको ज्यान बचाउँ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार १०:२८

काठमाडौं,१६ चैत । एकीकृत नेकपा माओवादीले प्राध्यापक डाक्टर गोविन्द केसीले उठाएका मागप्रति समर्थन जनाउँदै उहाँको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर डाक्टर केसीको स्वास्थ्य स्थिति बुझी उहाँको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको हो । प्रचण्डले भेटमा केसीको माग पुरा गराउन आफूले भरमग्दुर प्रयास गर्ने बताउनुभयो ।

drयसअघि पनि एकीकृत नेकपा माओवादीका नेताहरु डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशले केसीसँग भेट गरेर चिकित्सा क्षेत्रको सुधारका लागि उठाइएका मागलाई गम्भिरतापूर्वक लिएर पूरा गर्न सरकारलाई आग्रह गर्नुभएको हो । चिकित्सा शिक्षाको गुणस्तर सुधारका विभिन्न ११ सुत्रीय माग राखेर डा। केसी ९ दिनदेखि अनसनमा बस्नुभएको छ भने उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । त्रिभुवन विश्वविद्यालयले राजनीतिक दवाबका आधारमा चार वटा नयाँ मेडिकल कलेजलाई सम्बन्धनको प्रक्रिया अगाडि बढाएपछि डा. केसी पाँचौं पटक अनसनमा वस्नुभएको हो । प्रचण्डले केसीको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्रीलार्इ जानकारी गराउँदै स्वास्थ्यस्थिति कमजोर भएकाले चाँडो अनसन तोडाउने वातावरण बनाउन माग गरेका थिए ।
भेटका क्रममा प्रचण्डले भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने मागसहित अनसन बसेका केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै प्रचण्डले सरकारलाई खबरदारी गर्ने बताएका थिए । प्रचण्डले केसीका जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१