एन.आर.एन अमेरिकाको अध्यक्ष पदमा दुर्गा दाहालको उम्मेदवारी घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार १०:१७

अमेरिका,१६ चैत । क्यालिफोर्नियामा निकै लामो समय सम्म सामुदायीक अविभावकको भूमीका निभाउँदै आउनुभएका बरिष्ठ समाजसेवी दुर्गा दाहालले एन.आर.एन एन सी सी यु एस एको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ। एन.आर.एनको मर्म अनुसार नेपाली समुदायको हीत गर्न एन आर एन बलियो हुनुपर्ने धारणा राख्दै आउनुभएका दाहाल अमेरीकामा एन आर एन बलियो भएमात्र एन आर एन समग्रमा बलियो हुने भन्दै अमेरीकामा एन आर एन को जग बलियो बनाउन आफूसँग स्पष्ट भिजन र मास्टर प्लान भएको कुरा व्यक्त गर्नुभयो।

Durga-2 क्यालिफोर्निया राज्यको सबैभन्दा पुराना सस्थाहरू मध्य एक नेप्लिज एन्ड फ्रेन्ड्स असोसियसन नाफ्काका सस्थापक अध्यक्षको हैसियतले महत्वपूर्ण सामाजिक सक्रियता सुरुवात गर्नुभएका दाहाल निरन्तर रुपमा समाजसेवामा सक्रिय हुनुहुन्छ। ५० वटै राज्यहरुमा आफ्नो अत्यन्त राम्रो पारीवारिक र मैत्रीघेरा रहेको र सबैको आग्रहले मात्र आफू उम्मेदवार भएको स्पष्त्योक्ती गर्दै आफ्नो जीत सुनिश्चित भैसकेको बताउनु भएको छ। आफ्ना योग्य प्रत्यासीहरू सबैको आआफ्ना सबल पक्ष हुँदा हुँदै पनि आफू उमेरले बुद्दिले, सामुदायीक नेत्रित्वको अनुभवले परिपूर्ण आफूमा जवानीको जोस र परिपक्ताको होस रहेकोले म नै सबै भन्दा योग्य उम्मेदवार हुँ भन्नुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१