पाँचौं पटक अष्ट्रेलियाले चुम्यो विश्वकप क्रिकेट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १५:५७

विश्वकप क्रिकेटको उपाधिका अष्ट्रेलियाले जितेको छ। न्यूजिल्याण्डले दिएको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३।१ओभरको समप्तिमा ३ विकेट गुमाएर पूरा गरेको हो। यसअघि अष्ट्रेलियाको घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५०ओभरको खेलमा ४५ ओभरमै सबै विकेट गुमाएर १८३ रनमा समेटियो। ब्याटिङलाई सुहाउँदो मेलबर्न क्रिकेट मैदानमा न्यूजिल्याण्डले निकै खराव ब्याटिङ गर्‍यो। पहिलोपल्ट फाइनल पुगेको न्युजिल्यान्डले पहिलो ओभरमै कप्तान ब्रेन्डन म्याकलमलाई गुमाएको थियो । उनलाई शून्यमै मिचेल स्टार्कले बोल्ड गरे । ३३ रन छँदा मार्टिन गुप्टिल ९१५० लाई ग्लेन म्याक्सवेलले आफ्नो पहिलो बलमै बोल्ड गरे । भरपर्दा ब्याटसम्यान मानिएका केन विलियम्सन पनि जम्न सकेनन् । उनलाई १२ रन बनाएको अवस्थामा मिचेल जोन्सनले कट एन्ड बोल्ड गरे । त्यसबेला न्युजिल्यान्ड ३९–३ को स्थितिमा थियो ।

asग्राण्ट इलियट र रोस टेलरले १११ रनको साझेदारी गर्दै न्यूजिल्याण्डको पारी केही सम्होलेका थिए। टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रन बनाउँदै आउट भए। चौथो विकेट गुमाउँदा न्युजिल्याण्डको स्कोर १५० रन थियो । त्यसपछि विकेट झर्ने क्रम तीव्र भयो । कोरी एण्डरसन शून्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न पाएनन्। ड्यानअल भिट्टारीले ९ रन जोडे । न्यूजिल्याण्डको स्कोर १७१ हुँदा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए। माट हेनरी शून्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए। चारपल्टको विश्वकप विजेता अस्ट्रेलियाको आक्रमक बलिङसामु न्युजिल्यान्डले खुलेर ब्याटिङ गर्न सकेन । अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३र३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१