५ जना माथि एक महिला हाबी (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १४:०७

मनिष दाहाल,

अमेरिका,१५ चैत । नेपाली कांग्रेससम्वद्ध राजनीति गतिविधिको आरोप खेप्दै आएको एनआरएन अमेरिकाले पछिल्लो पटक एमाले पार्टीको विचार हाबी भएको सकस थामिनसक्नु देखिएको छ । संस्थाद्धारा आइतबार न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष वनीता कतिलाले एमाले सम्बद्ध सङ्गठन प्रवासी मन्चबाट राजीनामा नदिएको भन्ने विषयमा पत्रकार शैलेश श्रेष्ठले राखेको जिज्ञासामा उपाध्यक्ष कतिलाले राजीनामाको आवश्यकता नभएको भन्ने उत्तर दिएपछि संस्थाले राजनीतिको सकस भोगेको पुष्टि भएको हो । उपाध्यक्ष कतिलाले आफू मात्रै नभएर संस्थाका सहकोषाध्यक्ष संजिव श्रेष्ठ लगायतका अरू पदाधिकारीहरू पनि काँग्रेसको राजनीतिमा सक्रिय रहेको आरोप लगाएकी थिइन् । यसपछि पदाधिकारी बिचमै भनाभन चलेको थियो । brtnepal_20141116105343_smallएनआरएन अमेरिकाले हालसम्म गरेका प्रगति विवरणलाई पत्रकार सम्मेलनमार्फत सार्वजानिक गर्न आयोजना गरेको कार्यक्रममा राजनीतिको विषयले प्रवेश गरेपछि संस्थाको स्वतन्त्रता र व्यवसायिकताको प्रश्न थप जटिल बन्दै गएको छ यद्यपि संस्थाले नागरिकताको निरन्तरता र दोहोरो कर लगायतका थुप्रै कुराहरूमा केही उपलब्धि पनि हात पारेको दाबी पत्रकार सम्मेलनमा गरेको थियो ।

कार्यक्रममा आइसीसि डिआरसी सोनाम लामा, केन्द्रीय सल्लाहकार राम खरेल, अमेरिकाका अध्यक्ष जिसी, उपाध्यक्षहरु वनिता कतिला र श्री पराजुली, महासचिव कृष्ण पोखरेल, सह कोषाध्यक्ष संजिव श्रेष्ठ, सदस्यहरू सरोज श्रेष्ठ र विष्णुमान प्रधान लगायत एनआरएन अमेरिकामा संलग्न पूर्व पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, पुस १०, २०८१