मुल्य घटेर ८ अर्ब ४५ करोड पुगेको भव्य घर (फोटो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १४:००

ब्रिटेनको सबैभन्दा महँगो आवास गृहको मूल्य घटेको छ । २०११ मा यो आवास गृहको मूल्य १३ अर्ब रुपैंया अर्थात एक मिलियन पाउण्ड तोकिएकोमा अहिले ८ अर्ब ४५ करोड अर्थात ६५ मिलियन पाउण्ड कायम गरिएको छ । हेल्थ हलसहित १४ बेडरुम भएको आवास गृहका मालिक आण्द्रेस पानायीयोतोउले दुई वर्षपछि मूल्य घटाएर वास्तविक मूल्यको नजिक ल्याएका हुन् । यद्यपी ब्रिटेमा औसत घरको मूल्य भने २ करोड ११ लाख रुपैंयाँ अर्थात १ लाख ६२ हजार पाउण्ड हाराहारीमा मात्रै छ । सन् १९१० मा निर्माण गरिएको आवास गृहलाई आन्द्रेसले २००६ मा खरिद गरेका थिए । उनले यसको पुनर्निर्माणमा ५० मिलियन पाउण्ड खर्च गरिसकेका छन् ।

4लण्डनको ग्राभियालाई अर्बपतिहरुको शहर (बिलेनियर्स सिटी) भन्ने गरिन्छ । यो गृहको आसपासमा अरबका शाहि परिवारहरुको वासोवास छ । राजा–महाराजा बस्ने जस्तो गरी बनाइएको यो घरमा अत्याधुनिक होम थियटरको सुविधा छ । जसमा आरामदायी रुपमा बसेर सिनेमाको मज्जा लिन सकिन्छ । यो गृहको प्रवेसद्वार कलात्मक छ । यस घरका वरिपरिका भवनहरु झुप्राजस्ता देखिन्छन् । आन्दे्रसले खरिद गरेपछि १२० कर्मचारी खटाएर भवनलाई भब्य दिइएको हो । साढे दुर्इ एकडमा फैलिएको यो आवास गृहमा उद्यानका साथै १४ बेडरुम, ६ रिसेप्सन रुम, एक ड्रईङ रुम, एक फेमिलि रुम र एक स्नुकर रुम छन् । यहाँ एउटा सनरुम पनि छ जहाँ बसेर घाम ताप्ने गरिन्छ । लाईब्रेरी, सौना सहितको स्टीम रुम, अत्याधुनिक जिमका साथै बार पनि छ । रमाईलो कुरा यो घर पूर्ण रुपमा वातानुकुलित छ ।

1 2 3

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१