काठमाडौं,१५ चैत । अन्तर्राष्ट्रिय लायन्स क्लब डिस्ट्रिक ३५५ को आयोजनामा धादिङ जिल्लाको त्रिशूली नदीमा राफ्टिङ कार्यक्रम भएको छ । पर्यटनको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको डिस्ट्रिक गर्भनर लायन मधुकर कुमार उपाध्यायले बताए ।
शाहसिक खेलका रुपमा रहेको राफ्टीक खेलमा पर्यटनमा रुची राख्ने स्वेदेशी तथा विदेशी शाहसिक खेलाडीहरुले सहभागीता जनाएका छन् । पर्यटनको प्रचुर सम्भावना रहेको नेपालमा ¥याफ्टिङ तथा कायाकिङ लागाएतका शाहसिक जलयात्राहरुको प्रबद्र्धन गर्न सके नेपालको पर्यटन क्षेत्र अझै अगाडि बढ्ने उपाध्यायले बताए । लायन्स क्लब इन्टरनेश्नलले वातावरण संरक्षणका लागि वृक्षारोपण, पार्कहरुको निर्माण तथा संरक्षण गर्ने र ऐतिहासिक सम्पदाहरुको सरसफाइ तथा संरक्षणका लागि समेत कार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया