डा.गोविन्द केसीले गरे सरकारी टोलीसँग वार्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १३:२५

काठमाडौं,१५ चैत । चिकित्सा शिक्षा क्षेत्रमा व्यापारीकरणको अन्त्यलगायतका माग राखी गत सातादेखि आमरण अनशनमा बस्नुभएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसी र उनको सहयोगी समूहसँग आज सरकारी वार्ता समितिले छलफल गरेको छ । यसअघि उनले सरकारले गठन गरेको वार्ता टोलीसँग वार्ता नगर्ने अडान लिएका थिए ।

govinda-kcआइतबार विहान शिक्षण अस्पताल पुगेका वार्ता टोली सदस्यद्वय स्वास्थ्यमन्त्री खगराज अधिकारी र सरकारका मुख्य सचिव लीलामणि पौडेलसँग डा। केसीले केहीबेर कुराकानी गरेका छन् । अधिकारी र पौडेलले केसीका समर्थक डा। रामचन्द्र सापकोटा र डा। जीवन क्षेत्रीसँग पनि छलफल गरे । वार्तामा केसीका तर्फबाट सहभागी जीवन क्षेत्रीका अनुसार मागका १० बुँदा र त्यसलाई पूरा गराउने र समस्या समाधान हुने विकल्पका बारेमा एकसरो कुराकानी भएको र आजै साँझ वा भोलिसम्ममा अर्को वार्ता हुनेछ ।
मन्त्रिपरिषद्को यही चैत १३ को बैठकले स्वास्थ्यमन्त्री अधिकारी, शिक्षामन्त्री चित्रलेखा यादव र मुख्य सचिव पौडेल रहेको वार्ता समिति गठन गरेको थियो । केसी यही चैत ९ गतेदेखि अनशनमा बसेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१