सम्राट सिंह
बझाङ,१५ चैत्र । घरेलु हिंसा गर्ने श्रीमान,सासु र ससुरालाई जिल्ला अदालत बझाङले जनही ५ हजार जरिवाना सहित ५० हजार क्षतीपुर्ती तोकको छ । जिल्ला न्यायधिस रमेस प्रसाद ज्ञवाली ज्यूको इजलासले घरेलु हिंसा गर्ने श्रीमान कृष्ण बोहरा,ससुरा दानी बोहोरा र सासु कलसा बोहरालाई जरिवाना सहित क्षतीपुर्ती भराउने फैसला गरेको हो । दौलिचौर गाविस २ घर भएकी नाम परिवर्तन रिमालाई पटक पटक कुटपिट गर्ने, शाररिक तथा मानसिक रुपमा यातना दिने,झुटो आरोप लगाउने र घर निकाला गर्ने जस्ता क्रियाकलाप गरी दुःख दिने गरेकाले जरिवाना सहित क्षतीपुर्ती भराउने फैसला गरेको जिल्ला अदालत बझाङको श्रेस्तेदार धनेन्द्र अधिकारीले बताए । यसभन्दा अगाडि पिडित महिला न्यायका लागि प्रहरी चौकीमा निवेदन दिएकी थिइन । प्रहरी चौकीले यस घटनालाई जिल्लामा पठाएपछि महिला अधिकारकर्मीहरुले न्यायका लागि थप पहल गरेको थियो ।
ससुराले संवेदनशिल अंगमा समात्ने गरेको र पटक–पटक बलात्कार गर्न खोजेको भएपनि गाउँलेहरुसँग गुहार मागेर आफु बलात्कारको सिकार हुन बचेको पिडित महिलाले जिल्ला अदालतमा बयान दिएकी छन । पटक पटक विभिन्न आरोप लगाई कुटपिट गरी घर निकाला सम्म गर्ने श्रीमान सासु र ससुरालाई अदालतले जरिवाना सहित क्षतीपुर्ती भराउने फैसला गर्दा आफुले न्याय पाएको महसुस भएको पिडित महिलाले बताइन् ।
२०७१ साल पौष २१ गते जिल्ला अदालतमा न्यायको माग गर्दै पिडित महिलाले मुद्वा दर्ता गराएकी थिइन । जिल्लामा घरेलु हिंसा गरेबाफत जरिवाना र क्षतीपुर्ती भराउने फैसला गराएको यो पहिलो पटक हो । महिला हिंसा गर्ने प्रतिवादी श्रीमान,ससुरा र सासुलाई घरेलु हिंसा ऐन २०६६ बमोजिम जनही ५ हजार जरिवाना र एकमुष्ट ५० हजार क्षतीपुर्ती पाउने गरी फैसला गरेको जिल्ला न्यायधिस रमेस प्रसाद ज्ञवालीले बताए ।
महिला हिंसा गर्ने जोकोहीलाई पनि राज्यले कानुनी दायरामा ल्याई कारबार्हि गरे जिल्लामा महिला हिंसाका घटनामा कमी आउने महिला अधिकार कर्मीको भनाइ छ ।
प्रतिक्रिया