२० प्रतिशत भन्दा बढी शुल्क बृद्धि हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १२:०४

काठमाडौं,१५ चैत । निजी विद्यालयहरुले नयॉ शैक्षिक सत्रमा २० प्रतिशत भन्दा बढी शुल्क बृद्धि गर्ने भएका छन् । निजी विद्यालय संगठनहरुसंगको छलफलमा काठमाडौंका निजी विद्यालयमा २० प्रतिशत शुल्क बृद्धि गर्ने सहमत बनेको हो । यद्यपि निजी विद्यालय सञ्चालकले भने २५ प्रतिशत शुल्क बढाउनु पर्ने अडान राखेका छन् । नयॉ शैक्षिक सत्र आउन केही दिन आउन बाकी भएपनि शुल्क निर्धारण हुन सकेको छैन ।

eduकाठमाडौंमा शुल्क बृद्धि गर्न सहमत भएपनि ललितपुर र भक्तपुरमा कति शुल्क बृद्धि गर्ने भन्ने सहमत हुन सकेको छैन । ललितपुरमा शुल्क बृद्धिको प्रक्रिया सुरु भएपनि टुङगो लागेको छैन ।  काठमाडौंका केही विद्यालयले ६४ प्रतिशतसम्म शुल्क बृद्धिको प्रस्ताव अघि सारेका थिए । निजी विद्यालय संगठन सुरुमा ३० प्रतिशत शुल्क बृद्धिको प्रस्ताव राखेपनि कम्तीमा २५ प्रतिशत बृद्धि हुनु पर्नेमा लचिलो भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१