सिंगापुरका राजनेता ली क्वान यूको अन्त्यष्टि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार ११:५०

सिंगापुरका राजनेता ली क्वान यूको आइतबार अन्त्यष्टि गरिदैछ । सिंगापुरलाई समृद्ध राष्ट्र बनाउन महत्वपूर्ण योगदान पुर्याएका राजनेता यूको गएको सोमबार निधन भएको थियो । उहाँको स्थानिय समय अनुसार दिउँसो २ बजे अन्त्यष्टि गर्ने बिबिसीले जनाएको छ ।

ddd यूको अन्यष्टिमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटन, जापानका प्रधानमन्त्री सिन्जो आबे, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो, अस्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोट र बेलायतका नेताहरु सहभागी हुँदैछन् । सिङ्गापुरमा दिउँसो एक मिनेट मौन धारण गरिदैछ । निमोनियाबाट पीडित ९१ वर्षिय राजनेता यूको सिंगापुरको जनरल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । उहाँ सिंगापुरको पहिलो प्रधानमन्त्री बन्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१