सह-कोषाध्यक्षमा रविनराज वज्राचार्यको उम्मेद्वारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १३:२०

अमेरिका,१५ चैत । गैरआवासीय नेपाली संघ एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा रविनराज वज्राचार्यले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई मूर्तरुप दिन र एनआरएनको आर्थिक स्थिति मजबुत बनाउन लागिपर्ने बचनवद्धताका उनले उम्मेदवारी घोषणा गरेका हुन् । ‘म सहकोषाध्यक्षमा निर्वाचित भएँ भने अमेरिकामा रहेका नेपालीको हितमा काम गर्ने उद्देश्यका साथ संस्थाको कोषलाई अझ वृद्धि गराउँदै जानेछु,’ उनले भनेका छन्, ‘नेपाली नागरिकताको निरन्तरताका लागि अब बन्ने संविधानमा व्यवस्था गराउन मेरोतर्फबाट आइसिसी तथा एनसिसीहरुसँग समन्वय गरेर निरन्तर पहल गर्नेछु ।’

rabindraवज्राचार्यले एनआरएन अमेरिकाको सहकोषाध्यक्षमा भएको खण्डमा केही सुधारका कामहरु अवश्य नै गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । ‘अमेरिकामा झन्डै दुई तीन लाख नेपालीहरु रहेको अनुमान छ तर हाम्रो संस्था एनआरएन अमेरिकामा ११ हजार नेपालीले मात्र सदस्यता लिएको पाइएको छ,’ वज्राचार्यले प्रतिबद्धतापत्रमा भनेका छन्, ‘अत अमेरिकामा भएका सम्पूर्ण नेपालीहरुलाई यस संस्थाभित्र गोलबद्ध गराएर अगाडि लैजान मेरो आफ्नोतर्फबाट पहल गर्नेछु ।’
यस अगाडिको अधिवेशनमा कार्य समिति सदस्य पदमा मतदान गरेका ९८८ मतदातालाई धन्यवाद दिँदै पुन मतदान गरी सेवाको अवसर दिन वज्राचार्यले अनुरोध गरेका छन् ।

रविनराज वज्राचार्यको अमेरिकावासी नेपालीहरु माझ यस्तो अपिल
आदरणीय अमेरिकावासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु,
गैरआवासीय नेपाली संघ एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा म रविनराज वज्राचार्यले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई मूर्तरुप दिन र एनआरएनको आर्थिक स्थिति मजबुत बनाउन लागिपर्ने बचनवद्धताका साथ यहाँहरु समक्ष आएको छु ।
म सहकोषाध्यक्षमा निर्वाचित भएँ भने अमेरिकामा रहेका नेपालीको हितमा काम गर्ने उद्देश्यका साथ संस्थाको कोषलाई अझ वृद्धि गराउँदै जानेछु । नेपाली नागरिकताको निरन्तरताका लागि अब बन्ने संविधानमा व्यवस्था गराउन मेरोतर्फबाट आइसिसी तथा एनसिसीहरुसँग समन्वय गरेर निरन्तर पहल गर्नेछु ।
एनआरएन अमेरिकाको सहकोषाध्यक्षमा म आएँ भने केही न केही सुधारका कामहरु अवश्य नै गरेर देखाउनेछु । अमेरिकामा झन्डै दुई तीन लाख नेपालीहरु रहेको अनुमान छ तर हाम्रो संस्था एनआरएन अमेरिकामा ११ हजार नेपालीले मात्र सदस्यता लिएको पाइएको छ । अत अमेरिकामा भएका सम्पूर्ण नेपालीहरुलाई यस संस्थाभित्र गोलबद्ध गराएर अगाडि लैजान मेरो आफ्नोतर्फबाट पहल गर्नेछु ।
बोल्नेभन्दा धेरै कामहरु गरेर देखाउने प्रण गर्दछु । मलाई यो भन्दा अगाडिको अधिवेशनमा कार्य समिति सदस्य पदमा मतदान गर्नुभएका आदरणीय ९८८ मतदातालाई धन्यवाद दिँदै पुन यहाँहरु लगायत सम्पूर्ण मतदाताहरुको सहयोग र साथको अपेक्षा गरेको छु । मलाई अमूल्य मत प्रदान गरी सहकोषाध्यक्ष पदमा निर्वाचित गराएर यहाँहरुको सेवा गर्ने मौका दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

धन्यवाद
जय एनआरएन
रविनराज वज्राचार्य
सहकोषाध्यक्षको उम्मेदवार
एनआरएन एनसिसी अमेरिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१