जिमेलबाटै बिल तिर्न सक्ने नयाँ सुविधा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार ११:१९

गुगलले जिमेलबाटै बिल तिर्न सक्ने नयाँ सुविधा ल्याउने तयारी गरेको छ । गुगलले जिमेलबाटै प्रयोगकर्ताले सजिलै विभिन्न बिलबारे जानकारी पाउन सक्ने र भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने परियोजनामा काम गरिरहेको रिकोडले जनाएको छ । जिमेलबाट प्राप्त हुने यो सुविधाबाट ग्राहकले टेलिकम, इन्स्योरेन्स लगायत अरु व्यवसायीक प्रतिष्ठानमा बिल भुक्तानी गर्न सक्ने छन् ।

gmailaआगामी सेप्टेम्बरमा सार्वजनिक तयारी गरिएको यो सुविधालाई गुगलले पोनी एक्सप्रेस नाम दिएको छ । जिमेल प्रयोगकर्ताले दिने व्यक्तिगत विवरण जिमेलले तेस्रो पक्ष अर्थात व्यवसायीक प्रतिष्ठानलाई उपलब्ध गराउने छ ।जिमेलका प्रयोगकर्ताले बिल भुक्तानी सेवा लिनका लागि आफ्नो क्रेडिट कार्डको नम्बर तथा टेलिफोन नम्बरसमेत उपलब्ध गराउनुपर्नेछ । गुगलले यो सुविधा थप गर्न विभिन्न व्यापारिक प्रतिष्ठानसँग सहकार्य गरिरहेको छ । यस्तै विभिन्न कम्पनीको बिल ग्राहकको घरसम्म पुर्‍याउन काम गरिरहेका कम्पनीसँग पनि गुगलले सहकार्य गर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१