सिरियाको इदविल शहर विद्रोहीको कब्जामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार ११:०९

सिरियाको बिद्रोही समूहले उत्तर पश्चिमी शहर इदलिव कब्जामा लिएको छ । हजारौ सिरियाली सैनिक तैनाथ इद्लिव शहर सिरियाको बिद्रोही समूहहरु अहरार अल इस्लाम, जुंद अल अक्सा र नुस्रा फ्रंन्टले संयुक्त रुपमा कब्जामा लिएको सिरियन अब्जरभेटरी फर ह्यमन राइट्सले जनाएको छ ।

siriyafinalचार दिनसम्मको भिडन्तपछी शहर बिद्रोहीको कब्जामा गएको बताइन्छ । सो शहर बिद्रोहीको कब्जामा गएसंगै सिरियाली सरकार अप्ठेरोमा परेको छ । यद्दपी सिरियाली सरकारले भने आफनो हार स्वीकार गरेको छैन । बिगत चार बर्षदेखि संघर्षरत सिरियामा हाल सम्म २ लाख नागरिक मारिईसकेका छन् । यसैबीच सिरियाको पश्चिमी प्रान्तमा सैनिक हेलिकप्टर दुर्घटनामा पर्दा चार सिरियाली सैनिकलाई बिद्रोहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१