बाल्टिमोरमा बानाको अधिबेशन सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १०:५०

बाल्टिमोर,१५ चैत । बाल्टिमोर तथा मेरिल्याण्ड राज्यभित्र रहेको सम्पूर्ण नेपालीहरुको एकमात्र छाता संगठन Baltimore association of Nepalese in America (BANA) को साधारण सभा तथा २०१५ – १७ को लागि नया कार्यसमितीको चयन यहि मार्च २२, २०१५ मा बाल्टिमोरमा भब्य रुपमा सम्पन्न भएको छ।

यसपटक BANA को नया कार्यसमिति सर्बसम्मत रुपमा श्री कुलमणि आचार्यको नेतृत्वमा आएपछि मेरिल्याण्डबासीमा सहभागितात्मक रुपमा BANA ले अग्रगति लिने कुरामा आशा पलाएको छ। BANA का पूर्ब सभापति क्रिस घिमिरेको संयोजकत्वमा बनेको निर्बाचन समितिले नव निर्बाचित पदाधिकारीहरुको घोषणा गर्दै प्रमाणपत्र वितरण गरेको थियो ।

banaकार्यक्रमको प्रमुख अतिथिमा कार्यबाहक नेपाली राजदुत ऋषिराम घिमिरे, बिशेष अतिथि महाबाणिज्यदुत प्रेमराजा महत तथा White House Commission on Asian American and Pacific Islander का तर्फ़बाट सल्लाहकार Dr. Ambreen Tariq अतिथिको रुपमा बोल्नु भएको थियो । White house का प्रतिनिधि Dr. Ambreen ले BANA जस्ता सस्थाहरु संग सहकार्य गरि अगाडी बढ्न चाहेको कुरा राख्नुभयो।

उक्त कार्यक्रममा अध्यक्षका प्रत्यासी तथा समाजसेबी आनन्द कृष्ण घिमिरे तथा प्रभु थापाले बानाको बिधान अनुरुप समाजलाई सुदृढ बनाउदै सर्बसम्मत रुपमा नया कार्यसमितिको चयनको जनाभाबनालाई बुझेर आफुहरुले उम्मेदवारी फिर्ता लिएको र बानाको हरेक कार्यमा सहयोग गर्दै जाने प्रतिबद्दता ब्यक्तगर्नुभयो।
उक्त कार्यक्रममा विभिन्न स्थानिय बुध्दिजीवी तथा संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै प्रेम कुमार श्रेष्ठ, राज सेन्चुरी, युध्द बहादुर पन्त, कुल बहादुर गुरुङ, दुर्गा श्रेष्ठ, डा. भिम कट्टेल, गोबिन्द गिरि प्रेरणा, गोपाल बिक, दल बहादुर रोका, लगायतले नया कार्यसमितिलाई शुभकामना दिदै आगामी दिनमा बानाले गर्नुपर्ने कार्यहरुका बारेमा समेत मन्तब्य राख्नुभएको थियो।

बानाका निबर्तमान अध्यक्ष बिजय श्रेष्ठले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा महासचिब केशव आचार्यले प्रस्तुत गर्नुभएको सांगठानिक प्रतिबेदन तथा कोषाध्यक्ष राम कृष्ण भट्टराईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन पारित गरेको थियो । सोहि कार्यक्रममा नया कार्यसमितिलाई पदभार हस्तान्तरण पश्चात नवनिर्बाचित अध्यक्ष कुलमणि आचार्यले आफु लगायत आफ्नो टिमले समाजले दिएको दायित्व र समाजको अपेक्षालाइ गम्भीरताका साथ लिएको र त्यसका लागि इमान्दारीताका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

नयाँ निर्वाचित कार्यसमिति यस प्रकार छ:

अध्यक्ष : कुलमणि आचार्य
बरिष्ठ उपाध्यक्ष : अनु वन्त
उपाध्यक्ष :सतिस चापागाईं
महासचिब : देव ब्रत शर्मा
सचिब : श्रीजन ताम्राकार
कोषाध्यक्ष : रिक्त
आई टी डाइरेक्टर : शालिक शर्मा वाग्ले
मेम्बरसिप डाइरेक्टर : रिक्त

सदस्यहरु :
सुबोध विलाश पन्त
बाबुराम बिक
राजु पराजुली
जनक पौडेल
दिपक शर्मा
बल बहादुर गुरुङ
इन्दु रेग्मी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१