विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलियाविरुद्ध न्युजिल्याण्ड ब्याटिङ गर्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १०:३८

विश्वकप क्रिकेटको उपाधिका लागि दुई आयोजक देश अष्ट्रेलिया र न्युजिल्याण्डले बीच अहिले खेल भइरहेको छ । अष्ट्रेलियाको मेलवर्नमा न्युजिल्याण्डले टस जितेर पहिला ब्याटिङ थालेको छ । अहिले खेलिरहेका दुवै आयोजक टोलीलाई उपाधिको दावेदार मानिएको छ । न्युजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अष्ट्रेलिया सबैभन्दा धेरै ४ पटक विश्वकप जित्ने टोली हो । विश्वकपमा अभागी टोलीका रुपमा चिनिँदै आएको न्युजिल्याण्ड यसअघि ७ पटक सेमिफाइनलबाटै घर फर्किएको थियो । तर जारी विश्वकपका आफूले खेलेका सवै ८ खेल जितेर न्युजिल्याण्ड विश्वपको फाइनलमा पुगेका हो ।

astrulaअष्ट्रेलिया र न्युजिल्याण्ड बीच जारी विश्वकपको समूह चरणमा पनि प्रतिस्पर्धा भइसकेको छ । जसमा न्युजिल्याण्ड १ विकेटले विजयी भएको थियो । अष्ट्रेलियाली क्रिकेट टिमका कप्तान माइकल क्लार्कका लागि आजको खेल उनको खेल जीवनको अन्तिम खेले हो । उनले फाइनल खेलपछि एक दिवसीय क्रिकेटबाट सन्यास लिने घोष्णा गरिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१