काठमाडौं,१३ चैत । सरकारले ताप्लेजुङलगायतका क्षेत्रहरुमा भएको आगलागीबाट पीडित भएकाहरुलाई राहत दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आगलागी भएका क्षेत्रहरुमा विस्थापितहरुका लागि पुनःस्थापनालगायतका प्याकेज दिन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । यस्तै, मन्त्रिपरिषद बैठकले विशिष्ट व्यक्तिहरुको भ्रमणक्रममा हुने ट्राफिक जामका कारण सर्वसाधारणलाई पर्ने समस्या समाधानका लागि बनाउन सकिने योजनाबारे अध्ययन गर्नसमेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले गत श्रावणमा देशका विभिन्न भागमा गएको बाढी–पहिरोका कारण विस्थापितहरुका लागि एकीकृत कार्ययोजना स्वीकृत गरेको सूचना तथा सन्चारमन्त्री डा.मीनेन्द्र रिजालले जानकारी दिए । सरकारले सशस्त्र द्धन्द्धको क्रममा मृत्यु भएका र बेपत्ता पारिएकाहरुको परिवार र घाइतेहरुलाई पाँच लाख रुपैयाँभन्दा बढी नहुने गरी राहत दिने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया