काठमाडौं,१३ चैत । प्रविधिमा भइरहेको विकास संगसगै बस टिकट सेवा डट कम ले नेपालमा विगत एक वर्ष देखि यात्रुको सुविधालाई ध्यानमा राख्दै विभिन्न बस कम्पनि तथा समितिसंग सहकार्य गरी अनलाईन मार्फत बसको टिकट उपलव्ध गराउदै आइरहेका छ ।
साथै SCT nPay (inficare pvt.Ltd) को सहकार्यमा नेपालमा पहिलो पटक विभिन्न बैक तथा वित्तिय संस्थाहरुको SCT डेविट कार्ड (ATM) बाट रकम भुक्तानि गरी www.busticketsewa.com मार्फत नेपालमा चल्ने छोटो तथा लामो रुटको बस टिकट चाहेको समयमा आफुलाई आवश्यक टिकट खरीद गर्न सकिन्छ ।
अनलाईन बस टिकट बुकिङको सुरुवात संगै बस काउन्टरसम्म पुगेर बसको टिकट काट्नु पर्ने बाध्ययता कम हुदै गएको यस बस टिकट सेवा डट कमका बजार प्रबन्धक मानव भट्टराईले बताउनुभयो । साथै अनलाईन Payment Getway iPay बाट पनि टिकटको रकम भुक्तानी गर्न सक्नेछन् ।
प्रतिक्रिया