वीएसी पढ्ने विद्यार्थीका लागि फेरी आवेदन खुल्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७१, शुक्रबार ११:३०

काठमाडौं,१३ चैत । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसमा वीएसी पढ्ने विद्यार्थीका लागि निर्धारण गरिएको कोटा पूर्ण नभएपछि विश्वविद्यालयले फेरी आवेदन माग गरेको छ । तर कक्षा ११ को पूरक परीक्षा २०७१ उत्तिर्ण गरेकाले यस कार्यक्रममा फारम भर्न नपाउने त्रिविले जनाएको छ । विज्ञान पढाई हुने देशभरका विभिन्न क्याम्पसहरुबाट निर्धारित कोटामा विद्यार्थी पूर्ण रुपमा भर्ना नभई कोटा रिक्त रहन आएको भन्ने लिखित जानकारी प्राप्त भए पछि यो ब्यवस्था गरेको डीनको कार्यालयले जनाएको छ । कार्यालयले एक पटकलाई मौका प्रदान गरिएको जनाएको छ । उपत्यका भित्रका विद्यार्थीले डीनको कार्यालय कीर्तिपुर र उपत्यका बाहिरका विद्यार्थीले आँगिक क्याम्पसहरुमा फारम बुझाउन सक्ने छन् । फारम भर्ने म्याद शुक्रबार देखि चैत १८ गते सम्म तोकिएको छ ।

eduप्रबेश परीक्षका लागि समेत कार्यालयले केन्द्र निर्धारण गरेको छ । जस अनुसार केन्द्रिय प्रविधि क्याम्पस धरानमा मेचि, कोशि, तथा सगरमाथा अञ्चलका क्याम्पसमा आवेदन दिनेहरुको केन्द्र निर्धारण गरिएको छ । यस्तै ठाकुरराम बहुमुखि क्याम्पस विरगञ्जमा जनकपुर र नारायणी अञ्चलका विद्यार्थीको केन्द्र हुने छ भने बुटवल बहुमुखी क्याम्पसमा गण्डकी, लुम्बिनी र धवलागिरीका क्याम्पसहरुमा आवेदन दिएका विद्यार्थीको केन्द्र हुने छ । महेन्द् बहुमुखी क्याम्पस दाङ्मा कर्णाली, राप्ती तथा भेरीका विद्यार्थी, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा सेती र महाकाली अञ्चल भित्रका क्याम्पसमा आवेदन गरेका विद्यार्थीका लागि परीक्षा केन्द् निर्धारण गरिएको छ । विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा भने डीनको कार्यालयमा आवेदन बुझाउनेहरुको परीक्षा केन्द् हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१