महिला संयोजककी उम्मेद्वार राधा पौडेलका प्रतिबद्दताहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७१, शुक्रबार ११:०७

अमेरिका,१३ चैत । एन आर एन एन सि सि अफ अमेरिकाको आसन्न निर्वाचनको महिला संयोजक पदमा गत बर्षको निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा सबै भन्दा बढी मत प्राप्त गरि बिजयी हुनु भएकी राधा पौडेलले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ | उहाँले बिगतको कार्यकालमा आफ्नो जिम्मेवारी कसरी पुरा गरे, के-के कार्य गर्न सकियो र भावी प्रतिबद्धताहरु के छन भनि घोषणा गर्नु भएको छ | उहाँका बिगतका कार्य तथा प्रतिबद्दताहरु उहाँको अपिलमा पढ्न सकिनेछ |

radhaअमेरिकावासी सम्पूर्ण गैर आबासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !
सर्बप्रथम त म यहाँहरुलाई गत बर्षको निर्वाचनमा मलाई अत्याधिक मतका साथ NRN USA बोर्ड अफ डाइरेक्टर पदका लागि निर्वाचित गराउनु भएकोमा हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु | मैले यो कार्यकालमा, संस्था सुध्रिढिकरण तथा सदस्यता बिस्तारलाई आफ्नो प्राथमिकतामा राखेकी थिएँ | त्यसका लागि विभिन्न राज्यमा पुगेर बटुलेका अनुभबहरुलाई मैले जीवनकै महत्वपूर्ण उपलब्धि मध्ये मानेकी छु | शिक्षा कमिटीको संयोजकका रुपमा पनि मैले थप सहयोग गर्न सक्षम भएकीमा आफुलाई धन्य ठानेकी छु | NRN USA Task Force अन्तर्गत, शिक्षा कमिटीले गत कार्यकालमा निम्न कार्यहरु संचालन गर्न सफल भएको थियो |
१. अमेरकामा रहेका नेपाली पाठशालाहरुको तथ्यांक संकलन |
२. नेपालबाट आउने बिद्यार्थीहरुका लागि अमेरिकामा बस्दा जान्नै पर्ने बिषयहरुको संगालो स्वरूपको हाते-पुस्तिका लेखनकार्यको प्रारम्भ |
३. नेपालका चितवन, कास्की. संखुवासभा र तनहुँ गरी ४ जिल्लाका ७ बिधालयहरुमा पुस्तकालय निर्माण प्रारम्भ |
४. रोटरी क्लबसंग सहकार्य गरी नेपालको शिक्षा क्षेत्रमा लगानीको लागि विभिन्न योजना तयार हुँदै |
हामीले समाज बिकाशका लागि शिक्षाको अपरिहार्यता त बुझेका छौं; तर यहि समाजको कालो पाटो, महिला हत्या/हिंसा/शोषण/बलात्कार तर्फ भने थोरै मात्र सोच्न भ्याएका छौं | बिश्वमा नै समस्या बनेका यी आततायी घटनाहरुका लागि हामी सचेत नारीहरु एकजुट हुनैपर्ने आवश्यकता आइपरेको छ |

अत: महिलाका समस्यालाई सम्बोधन गर्दै, म यसपटक महिला संयोजक (woman coordinator ) को पदका लागि यहाँहरु सामु प्रस्तुत भएकी छु;
तपसिल बमोजिम प्रतिबद्दताहरुका साथ:-
१ बिदेशमा रहनुभएका दिदीबहिनीका गतिविधिका बारे तथ्यांकको सुची बनाउने | अध्यान, पेशा र अनुसन्धानमा दक्षता हासिल गरेका दिदि बहिनीहरुको समूह बनाएइ महिला शसक्तिकरणका लागि जोड्ने | पिडित र समस्यामा परेका महिला दिदि बहिनीहरुका लागि सक्दो सहयोग गर्ने |

२ आकस्मिक कोषको स्थापना गर्ने |
३ केन्द्रबाट खोल्ने भनिएका community center संग मिलेर सिप हस्तान्तरंका लागि डान्स ,मूजिक थ्रेडिङ,कपाल काट्ने जस्ता सिपमुलक र बेबिसिटर हाउसकिपर र केयर गिभर जस्ता सेवामुलक बिषयमा तालिमको व्यवस्था गराउने पहल गर्ने |
४ . अमेरिकामा रहेका नेपाली भाषा पाठशालाहरुमा, महिलाहरुको भूमिकामा जोड दिने |
५ . सानो पुँजीबाट सञ्चालन गर्न सकिने सिपमुलक ब्यबसायमा र साना ब्यबसायमा जोड दिने | सिपमुलक उत्पादनका लागि बजार ब्यबस्थापनमा पहल गर्ने |
६ थुप्रै नेपाली महिलाहरु संलग्न रहनुभएका कामहरु ( जस्तै: baby sitter, housekeeper, care giver) आदि मा हुने गरेको घरेलु हिंसा बिरुद्द सम्बन्धित निकायमा आवाज उठाउने |
७ जात, धर्म, पेशा र राजनीतीबाट माथि उठेर कार्यसमितिबाट आएका सकारात्मक प्रस्ताबहरुको सहयोग र समर्थन गर्ने |

राधा पौडेल
एनआरएन एनसीसी अफ युयसए
बोर्ड अफ डाइरेक्टर |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१