अमेरिकामा नेपालीले गरेको रगत दानबाट १८ हजार बिरामी बाँच्न सफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७१, बिहीबार १४:३३

अमेरिका,१२ चैत । विभिन्न कारण र अवसरको खोजीमा गत दुई-तीन दशकमा धेरै संख्यामा नेपालीहरू अमेरिका आएको देखिन्छ। उनीहरूले आफ्नो र परिवारको खुशीका लागि यथेष्ट आम्दानी समेत गरेका छन् । आफ्नो खुसिसँगसँगै अरुलाई सहयोग गर्नका लागि पनि नेपालीको मन अगाडि देखिएको छ। सन् २००८ देखि २०१५ सम्ममा संस्थागत रुपमा छ हजारभन्दा बढी नेपालीले रगत दान गरिसकेका छन्। यति रगतबाट १८ हजार बिरामीहरूलाई बचाउन सहयोग हुन्छ। एकपटक रगत दान कार्यक्रम आयोजना गर्दा करिब ४० जनाले रगत दान गर्ने गरेका छन्।

अहिलेसम्म करिब १ सय ५० वटा रगत दान कार्यक्रम भइसकेका छन्। एक पटकको रगतदानमा करिब १ सय २५ जना जतिको उपस्थिति रहने गरेको छ। करिब चार सय जनामा खबर तथा उत्प्रेरणा गरेपछि सो संख्यामा उपस्थित रहने गरेको हो। दश जनामा रगत दानको लागि उपस्थित हुन खबर गर्दा ३ जना उपस्थित भएका मध्ये १ जनाले रगत दान गर्ने गरेको अनुमान छ। छ हजार युनिट रगत दान गर्न करिब १८ हजार नेपाली उपस्थित हुन्छन। आफ्नो घरबाट रगत दान हुने स्थलमा जान९आउन स्वास्थ्य परिक्षण र रगत दिने समयसमेत करिब तीन घण्टा हुन्छ। १८ हजार जनाको उपस्थितिमा ३ घन्टाको दरले ५४ हजार घण्टा समय खर्च भएको छ।

bloodउपस्थित हुने नेपालीको सालाखाला १ घन्टाको १५ डलर कमाउँदाको हिसाबले ५४ हजार घन्टाको ८ लाख १० हजार डलर बराबरको समय प्रदान गरेका छन् । ५४ हजार जनालाई रक्तदान कार्यक्रममा जान-आउन प्रति व्यक्ति करिब चार डलर यातायात खर्चले २ लाख १६ हजार डलर हुन आउँछ। त्यस्तै हल भाडा, रक्तदाता तथा स्वयंसेवकलाई खाजा, ब्यानर, सर्टिफिकेट आदिमा प्रति रक्तदान कार्यक्रममा ५ सय डलरका दरले १ सय ५० वटा कार्यक्रममा ७५ हजार डलर खर्च भएको छ। यसरी कूल खर्च ११ लाख १ हजार डलर भएको देखिन्छ। आजको दिनमा यति डलरको ११ करोड १ लाख रुपैयाँ हुन आउँछ। अमेरिकामा नेपालीले रगत दानको लागि प्रदान गरेको समय र खर्च भएको अदृश्य रकम रहेको अर्जुनप्रसाद मैनालीको अनुमान छ। अमेरिकामा रहेका नेपालीले यत्तिको समय र रकम खर्च गरेर आफ्नो शरीरको अमूल्य रगत दान गरि यहाँका बिरामीलाई बचाउन प्रयास गरेकोमा उनले सबैलाई हार्दिक धन्यवाद समेत दिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१