अष्ट्रेलियाले दियो ईण्डियासामु ३ सय २९ रनको चुनौती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७१, बिहीबार १३:५४

विश्वकप क्रिकेटको सेमिफाइनलमा अष्ट्रेलियाले डिफेन्डिङ च्याम्पियन इण्डियासामु।३ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट विकेटको क्षतिमा ३ सय २८ रन जोडेको हो ।  उसकालागि स्टेभन स्मिथले सर्वाधिक १ सय ५ रन जोडे भने एजे फिन्जले ८१ रनको योगदान दिए । ९३ बल खेलेका स्मिथले ११ चौका र २ छक्का प्रहार गरेका थिए । अष्ट्रेलियाका भरपर्दा ब्याट्सम्यान ग्लेन म्याक्सवेल २३ रनमा आउट भए ।  अष्ट्रेलियाको सातौँ विकेट लिने क्रममा इण्डियन बलर उमेश यादवले ४ विकेट लिए भने रविचन्द्र आश्विनले एक विकेट लिए । मोहित शर्माको नाममा २ विकेट रह्यो ।

astrulaसुरुवाती दुई खेलमा पाकिस्तान र साउथ अफ्रिकालाई हराएर इण्डियाले समूह बी का सबै खेल जितेर शिर्षस्थान कब्जा गरेको थियो । विश्वकपका पछिल्ला १० खेलमा इण्डिया लगातार जित हात पार्दै सर्वाधिक बलियो टिम मानिएको छ ।
इण्डिया र अस्ट्ेरलिया विश्कपको सेमिफाइनलमा पहिलो पटक भिड्न लागेका हुन् । आपसी प्रतिस्पर्धामा सन् २००३ को विश्वकपको फाइनलमा अस्ट्रेलिया र सन् २०११ के क्वाटरफाइनलमा इण्डिया बिजयी भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१