नेपाल प्रहरीले सार्वजनिक गर्यो उजुरी र सुचना दिन सक्ने मोवाईल एप्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७१, बिहीबार १३:४८

काठमाडौं,१२ चैत । देशकै रहस्यमय र चर्चित अपराधको अनुसन्धानमा श्रृङ्खलाबद्ध सफलताबाट उत्साहित नेपाल प्रहरीले विभिन्न सुधार एवं लोकप्रिय कार्यक्रम सार्वजनिक गरेको छ । प्रहरीले थ्री जी मोवाईल तथा म्यासेजबाटै अपराधको उजुरी र सुचना दिन सक्ने मोवाईल एप्सको घोषणा गरेको छ । महानगरीय प्रहरी आयुक्त एआईजी विज्ञानराज शर्माले प्रहरीको एप्स एक महिना भित्र प्रयोगमा ल्याइने घोषणा गर्नुभएको छ । प्रहरीले पहिलो चरणमा उपत्यकाबाट मोवाईल एप्स प्रयोगमा ल्याउने तयारी गरेको हो । पुलिस एप्सबाट कुनै पनि अपराधको उजुरी, तस्विर सहितको सूचना नेपाली वा अङ्ग्रेजीमा लेखेर प्रहरीलाई पठाउन सकिने छ ।

crimeप्रहरीले पहिलो चरणमा काठमाडौं उपत्यकामा भोलिन्टर प्रहरीको आह्वान गर्दै छ । प्रहरी प्रधान कार्यालयले भोलिन्टर प्रहरीको भर्ना खोल्न महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई स्विकृति सहितको पत्र पठाएको छ । भोलिन्टर प्रहरी बन्न इच्छुकलाई ३ दिनको तालिम गराईने छ भने १ महिना प्रहरीसँगै शान्ति सुरक्षामा खटिनु पर्ने हुन्छ । बजारमा भइरहेको कालोबजारी रोक्न हस्तक्षेप गर्ने निष्कर्षमा प्रहरी पुगेको छ । एआईजी विज्ञानराज शर्माले खाना पकाउने ग्याँस लगायतका पेट्रोलियम पदार्थ र उपभोग्य सामग्रीको कृतिम अभाव वा कालोबजारी भए स्थानीय प्रहरीलाई हस्तक्षेप गर्न महानगरीय आयुक्तको कार्यालयले निर्देशन दिएको छ । प्रहरीले शान्ति सुरक्षा सदृढ बन्दै गएको निष्कर्ष निकाल्दै बैशाखको दोस्रो साताबाट काठमाण्डौ उपत्यकालाई क्रमश २४ सै घण्टा खुल्ला गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणमा काठमाडौंको दरबारमार्गका रात्रिकालिन व्यवशायलाई खुलाईने छ । त्यसपछि ठमेल, ललितपुर र पाटन क्षेत्र पनि राति खुलाईने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१