यस्तो छ संसारकै महंगो साइकल,मुल्य ४ करोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७१, बिहीबार १३:४०

cycleएउटा साइकलको मुल्य कारको भन्दा पनि बढि छ । सुन्दा अचम्म लाग्न सक्छ । यो साइकल अमेरिकाको हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल लिलामीमा छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ । फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइकलमा छ । मोटरसाइकलमा जस्तै ह्यान्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढि पर्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१