बागलुङको ऐतिहासिक चैत्र अष्टमी मेला सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७१, बिहीबार १०:५६

नारायण रिजाल
बागलुङ ,१२ चैत । बागलुङको प्रशिद्ध कालिका भगवती मन्दिर परिसरमा लाग्ने धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवं आर्थिक हिसावले महत्वपूर्ण चैत्राष्टमी मेला बुधबार देखी सुरु भएको छ । मेलाको उदघाटन गर्दै गुठी सस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीले मेलाले धार्मिक एवं पर्यटकीय महत्व बोकेको कालिका भगवतिको अझै महत्व बढाउने विश्वास व्यत्त गरे । “ गत्तव्य बागलुङ कालिका कला संस्कृतिको प्रदर्शन स्थानिय व्यापार व्यवसायिको प्रवद्र्धन” भन्ने मुल उद्देश्यका साथ मेलाको आयोजना गरिएको कालिका भगवति गुठीका अध्यक्ष राजु खड्काले बताए ।  कालीका भगवती गुठी र रामरेखा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा हुन लागेको मेला मुख्य आकर्षणको रुपमा रहेको लोकदोहोरी प्रतियोगीताको लागि सात अञ्चलका समूहले नाम दर्ता गराएको समितिले जनाएको छ ।

mela विगतका भन्दा यस वर्ष दोहोरी गीत प्रतियोगीताको प्रकृतिलाई फरक पारिएको छ । यस वर्ष अञ्चल स्तरीय प्रतियोगीताबाट छनौट भएर मात्र प्रतियोगीतामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । मेलामा सहभागी समूहलाई पहिलोपटक आ–आफ्नो अंचलका सहभागीसँग प्रतिस्पर्धा गराएर मात्र अघिल्लो चरणमा प्रवेश गराईने छ । लोक दोहोरीमा विजयी हुने समूहले नगद एक लाख रुपैयाँ नगर प्राप्त गर्नेछन । त्यस्तै, खुल्ला पुरुष भलिबल प्रतियोगीता विभागीय, क्षेत्रीय तथा जिल्लास्तरीय गरी हालसम्म १० समूहले नाम दर्ता गराएका छन । भलिबलमा विजयी हुने समूहले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ मेला ५ दिन सम्म संचालन हुदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१