एजेन्सी । विश्वकप क्रिकेटको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन इण्डिया र अस्ट्रेलियाबीच प्रतिष्पर्धा भइरहेको छ । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले टस जितेर व्याटिङ रोजेको छ । सुरुवाती दुई खेलमा पाकिस्तान र साउथ अफ्रिकालाई हराएर इण्डियाले समूह बी का सबै खेल जितेर शिर्षस्थान कब्जा गरेको थियो ।
विश्वकपका पछिल्ला १० खेलमा इण्डिया लगातार जित हात पार्दै सर्वाधिक बलियो टिम मानिएको छ । इण्डिया र अस्ट्रेलिया विश्कपको सेमिफाइनलमा पहिलो पटक भिड्न लागेका हुन् । आपसी प्रतिस्पर्धामा सन् २००३ को विश्वकपको फाइनलमा अस्ट्रेलिया र सन् २०११ को क्वाटरफाइनलमा इण्डिया बिजयी भएका थिए ।
प्रतिक्रिया