एसएलसी दिने छात्राहरुलाई सेनेटरी प्याड वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७१, बिहीबार १०:३४

बैतडी, १२ चैत । एसएलसी परीक्षामा जिल्ला बालकल्याण समिति बैतडीले छात्राहरुका लागि सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी हुँदा छात्राहरुमा विभिन्न किसिमका शारीरिक तथा मनोवैज्ञानिक असरहर समेत पर्ने भएकाले यस्तो समस्या कम गर्न जिल्ला बालकल्याण समितीले सेनेटरी प्याड वितरण गरेको हो । परिक्षामा सहभागि भएका वेला महिनावारी भएमा छात्राहरुलाई सजिलो होस भनेर सेनेटरी प्याड वितरण गरिएको जिल्ला बालअधिकार अधिकृत केशव ऐरले जानकारी दिनुभयो । देहीमाण्डौं, गुरुखोला, सिउँडे, गाँजरी लगायतका केन्द्रहरुमा प्रतिकेन्द्रमा १० वटाका दरले सेनेटरी प्याडको व्यवस्था गरिएको छ ।

eneजिल्लाभरीका केन्द्रमा सेनेटरी प्याडको व्यवस्था गर्ने सोच भएको भएपनि श्रोतको अभावमा जिल्लाभरी सेनेटरी प्याड वितरण गर्न नसकेको बालअधिकार अधिकृत ऐरले बताउनुभयो । बैतडीमा २४ वटा केन्द्र मार्फत प्रवेशिका परीक्षा संचालनमा रहेको छ जसमा ४ हजार २ सय ४६ जना छात्रा सहभागी रहेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१