१८ नक्कली परिक्षार्थी पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७१, बुधबार १७:०८

सम्राट सिंह
बझाङ,११ चैत्र । जिल्लामा संञ्चालन भइरहेको छैठो दिनको स्वास्थ्य तथा जनसंख्या विषयको परिक्षामा १८ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन । जिल्लाको जनप्रिय उमावि बगडगाउ परिक्षाकेन्द्रबाट १३ जना परिक्षार्थी र चौधारी उमावि परिक्षाकेन्द्रबाट ५ जना नक्कली परिक्षार्थी गरी जम्मा १८ जना परिक्षार्थी पक्राउ गरेको हो । केन्दाध्यक्षले एक जना नक्कली परिक्षार्थी पक्राउ गरेपछि ती परिक्षार्थीले अन्य नक्कली परिक्षार्थीले पनि परिक्षा दिइरहेको जानकारी दिएपछि चेकजाच गर्दा नक्कली परिक्षार्थी फेला परेका हुन । जनप्रिय उमाविमा नियमित तथा आंशिक गरी विकास कठायत,प्रतिभा कुमारी ऐडी,लक्ष्मी उपाध्याय, आशिष मण्डेल, पुरन मण्डेल, नरेन्द्र शार्की, रमिला कठायत,शुसिल मण्डेल, अनिल कठायत,रुमला मल्ल, राजेस ऐडी,भारती कठायत,श्रृजना विसि र चौधारी उमावि परिक्षाकेन्द्रबाट कल्पना उपाध्याय,गोपाल धामी, पदम शार्की, महेस सिंह,शिवराज जोशी पक्राउ परेका जिल्ला शिक्षा कार्यालय बझाङले जनाएको छ । slcपक्राउ परेका नक्कली परिक्षार्थीहरु प्रहरी हिरासतमा रहेका छन ।
यसपालीको एसएलसी परिक्षा मर्यादित तथा अनुसासित बनाउन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला शिक्षा अधिकारीको टोली विभिन्न परिक्षाकेन्द्रमा गई परिक्षा निरिक्षण गरीरहेका छन । यसरी परिक्षा केन्द्रमा नियमित निरिक्षण गर्दा विभिन्न परिक्षा केन्द्रहरुबाट निरिक्षक तथा नक्कली परिक्षार्थी पक्राउ गरिरहेका छन । जिल्लामा १६ वटा परिक्षा केन्द्रहरुबाट झण्डै ५ हजार परिक्षार्थीहरु परिक्षा दिएरहेका छन । अघिल्ला दिनहरुमा पक्राउ परेका नक्कली परिक्षार्थीहरुलाई सामान्य कारबार्हि गरी छोडेका थियौ जिल्ला शिक्षा अधिकारी मोतीलाल शर्माले भने एकै परिक्षा केन्द्रबाट ठूलो परिमाणमा नक्कली परिक्षार्थी भेटाएकाले पक्राउ परेका नक्कली परिक्षार्थीहरुलाई शिक्षा ऐन अनुसार कारबार्हि गरिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१