नेपालद्वारा हङकङ ७ विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ बैशाख २०७१, सोमबार १७:१४
 (ओएनएस) : मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटको आफ्नो चौथो खेलमा हङकङविरुद्ध नेपाल सात विकेटले विजयी भएको छ । जीत सँगै नेपाल एसीसी च्याम्पियनसिपका लागि छनौट हुने सम्भावना बलियो भएको छ ।
वर्षाले प्रभावित खेलमा डकवर्थ–लुईस नियमका आधारमा ३८ ओभरमा छोट्याएर नेपाललाई एक सय ४४ रनको लक्ष्य दिइएको थियो । नेपालले उक्त लक्ष्य २३ बल बाँकी छँदा मात्र तीन विकेटको क्षतिमा पूरा गर्यो ।0690f4033b58bf6b6027fe6c7fec1288
नेपालका लागि कप्तान पारस खड्काले अटआउट ४३ रन बनाए भने उनलाई १९ रन बनाएर शरद भेष्वाकरले अन्तिमसम्म साथ दिए । त्यस्तै ओपनर नरेश बुढाएरले ४१, ज्ञानेन्द्र मल्लले १५ र सुवास खकुरेलले १६ रन बनाएर आउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४१ ओभर ५ बलमा अल आउट हुँदै एक सय ८१ रन बनाएको थियो । हङकङका लागि इरफानले शतकिय पारी खेलेपनि टिमलाई जिताउन सकेनन् ।
बलिङ तर्फ नेपालका सोमपाल कामीले ४ विकेट लिए । बसन्त रेग्मी र आरिफ शेखले दुइ–दुई विकेट लिए । नेपालले आफ्नो अन्तिम खेलमा अफ्गानिस्तान सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१